बुलिङटार २७ बैशाख ।बुलिङटार गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभा हलमा आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक प्रगति समीक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रीमती दिलमाया राना, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुखप्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरू तथा अन्यकर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट त्रैमासिक प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरियो । त्यसपछि भएको सार्वजनिक सुनुवाइ सत्रमास्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधिहरूले विभिन्न प्रश्न, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। ती सबै प्रश्नहरूको अध्यक्ष श्रीदिपेन्द्र सुनारीज्यूले स्पष्ट, सहज र सरल भाषामा जवाफ दिनुभएको थियो ।
पालिका अध्यक्ष दिपेन्द्र सुनारीज्यूले कार्यक्रममा “हामी पारदर्शी, उत्तरदायी र सहभागितामूलक शासन प्रणालीमा विश्वास गर्छौं। जनताको विश्वासजित्ने माध्यम नै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्। जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नु हाम्रो प्राथमिकता हो। यहाँउठेका हरेक सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिनेछौं र आगामी योजनामा समावेश गर्नेछौं“भन्नुभयो ।
कार्यक्रमको सञ्चालनमा सहयोग क्रियटिभ क्रिएशन एन्ड मिडिया प्रा.लि. र बुलिङटार प्रेसले गरेका थिए ।
कार्यक्रमको सफल व्यवस्थापन रसूचनाको प्रभावकारी प्रवाहका लागि अध्यक्षज्यूले दुवै संस्थालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

















