बुलिङटार १७ चैत । बुलिङटार गाउँपालिकाको निमन्त्रणामा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आयोजना गरिएको आ.ब. २०८२/०८३ को बजेट तर्जुमा पूर्वतयारी सम्बन्धी स्थानीय तहहरूसँगको छलफल कार्यक्रम नवलपुर जिल्लाको बुलिङ्टार गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री माननीय डा.टक राज गुरुङको अध्यक्षता रहेको थियो । छलफल कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जिल्लाका जिल्ला समन्वय समिति सभापति, १४ वटा पालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू, गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कर्मचारीहरू, बुलिङ्टार गाउँपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

















